राष्ट्रिय यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन्।
मंगलबार (पुस १५) अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई यू–१९ महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
योसँगै नवनियुक्त मुख्य प्रशिक्षक श्रेष्ठले पोखरामा आगामी माघ १५ गतेदेखि हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा घरेलु टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन्।
मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली फुटबलमा अनुभवी प्रशिक्षक हुन्। उनले गत वर्ष फागुनमा नेपाल सुपर लिग (एनएसएल) मा पोखरा एभेन्जर्सलाई फाइनलसम्म पुर्याएका थिए।
फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसीसाग २–१ ले पराजित भएपछि पोखरा उपविजेतामा सीमित भएको थियो।
श्रेष्ठसँग भुटानी प्रिमियर लिगको समेत अनुभव छ। उनले सन् २०२४ मा फुएन्ट्सोलिङ हिरोज एफसीको जिम्मेवारी सम्हालेका थिए।
साथै, उनले घरेलु फुटबलमा शीर्ष डिभिजन लिगमा पनि जिम्मेवारी सम्हालेका छन्। सन् २०१८ मा उनी मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षक थिए।




















