राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार, समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिन बैठक बसेको हो। रास्वपाले आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन लागेको हो।
निर्वाचन आयोगले आजसम्मका लागि समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको छ। जस अनुसार, बन्दसूची पेश गर्नका लागि दलहरू अन्तिम तयारीमा छन्।



















