दक्षिण कोरियाको ओन्जुमा सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थी झापाकी २२ वर्षीया मनिषा दाहालको आइतबार मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते अवस्थामा वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन्। दुर्घटनामा उनको निधन भएपछि शव नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानुनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिएकी छन्।