काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार बिहान मनोहरा सुकुम्वासी बस्तीमा पुगेका छन्। आइतबार मनोहरा सुकुम्बासी बस्तीमा भेला भएका मानिसलाई सम्बोधन गर्दै उनले मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान गरे।

सुकुम्बासीलाई लछारपछार गर्नेको श्रीमती, घर परिवारलाई पनि त्यस्तै गर्ने चेतावनी उनले दिए। बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड खाएको आरोप उनले लगाएका छन्। दलहरुले सुकुम्बासीहरुलाई भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए। सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए।

सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ। अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ।