बेलबारी नगर ब्याडमिन्टन क्लबको आयोजनामा दुई दिने नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। कार्तिक १५ र १६ गतेसम्म बेलबारी–१ स्थित इन्द्रेणी कबर्ड हलमा सम्पन्न प्रतियोगिता तीन विधामा — खुल्ला, ४५ प्लस (भेट्रान) र सी–डिभिजन — सञ्चालन गरिएको थियो।
प्रतियोगिताको उद्घाटन बेलबारी–३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले गरेका थिए भने समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बेलबारी–२ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक कृष्ण गुरुङ रहेका थिए।
प्रतियोगिताको खुल्ला तर्फमा ज्योतिहाङ राई र बिक्रम बान्तवा प्रथम, दिनेश पन्त र सरोज बिक दोस्रो तथा कमल तामाङ र निर्मल माझी तेस्रो भएका छन्।
४५ प्लस (भेट्रान) तर्फमा विकास श्रेष्ठ र माधवराज थापा प्रथम, शिव रुपाखेती र सन्जय पौडेल दोस्रो तथा मनोज श्रेष्ठ र कुलप्रसाद पाण्डे र पदम धिमाल र सुर्य तामाङ तेस्रो भएका छन्।
सी–डिभिजन तर्फमा तुलसा सुहाङ र राजकुमार धिमाल प्रथम, सबिना राई र सक्षम राई दोस्रो तथा चन्द्रप्रसाद बिष्ट र नारायण भट्टराई, प्रकृति राई र सिमा श्रेष्ठ तेस्रो भएका छन्।
बिजेताहरूलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। खुल्ला तर्फ प्रथमले १२ हजार, दोस्रोले ८ हजार र तेस्रोले ३र३ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै, ४५ प्लस तर्फ प्रथमले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ३र३ हजार रुपैयाँ पाए भने सी–डिभिजन तर्फ प्रथमले ८ हजार, दोस्रोले ६ हजार र तेस्रोले ३र३ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।
प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख ५० हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ। प्रतियोगिता क्लबका अध्यक्ष दिनेश पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका सचिव लक्ष्मण भण्डारीले कार्यक्रम सञ्चालन संचालन गरेका थिए।
कार्यक्रममा सहभागी सबै खेलाडीलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो भने २० जनालाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।




















