यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा धेरै सरकारी र निजी संरचनामा आक्रमण गरियो। कतिपय नेताहरूका घर तथा सम्पत्ति तोडफोड र आगजनीबाट ध्वस्त भयो।
नेकपा (माओवादी केन्द्र)ले आफ्ना नेताहरूका सम्पत्तिमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ। माओवादी केन्द्रले आफ्ना नेताहरू जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूको निसानामा परेका जनाएको छ।
“माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ,” माओवादी केन्द्रले शनिबार (भदौ २८) जारी गरेको विवरणमा उल्लेख छ।
माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण–
१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरीराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणि खनालको घर आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त।
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त।
२०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै।