त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ। विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ।
असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो।
‘यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ,’ स्रोतले भन्यो। आज विमानस्थलबाट नियमित उडानरअवतरण भइरहेका छन्।