एक महिनापछि बसेको मधेस प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ।
प्रमुख प्रतिपक्षका सांसदहरूले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेपछि सभामुख रामचन्द्र मण्डलले शुक्रवार (भोली) सम्मका लागि स्थगित गरेका हुन्।
जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेस गरिएको २०८२/०८३ को बजेट वक्तव्यमा ४६१ पाना रहेको र पछि आफूहरूले पाएको रेड बुकमा २९४ पाना थप भई जम्मा ७५५ पानाको बजेट रहेको देखिएकोले २९४ पानामा करोडौँको योजनाहरू चोरी भई समेटिएको आरोप लगाए। उनले असन्तुलित बजेट आएको र बजेटमा पनि बिचौलिया हाबी भएको आरोप लगाए। सांसद यादवले अर्थमन्त्रीले राजीनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए।
सो पछि सभामुख मण्डलले बैठक भोलीसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए।