साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। 
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार  ३५० रुपैयाँमा कायम भएको छ।