नेपाली बजारमा आज सुनचाँदी कै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो। 

सुनको मूल्य आज प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।