एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ। यसअघि साँझको समयमा खेलेको नेपालले आज दिउँसो खेल्ने छ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १र१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। साउदी अरेबियाले भने उत्तर कोरियासँग १५र० को फराकिलो हार बेहोरेको थियो।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूह विजेता बन्ने सम्भावनामा धक्का लागेको छ।




















