मोरङको कटहरी गाउँपालिका–३ का स्थानीयले कटहरी चोकको हुलाकी सडकमा रोपाइँ गरेका छन्। 

लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय बासिन्दाले सडक सुधारको माग गर्दै धान रोपेर विरोध प्रदर्शन गरेका हुन्। 

६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्गको हालसम्म २७ प्रतिशत मात्र काम सम्पन्न भएको छ। बर्षेनी वर्षातको समयमा हिलो र पानी जमेर सवारी आवगमनमा समस्या भएपछि सर्वसाधारण र सवारी चालकले ठूलो सास्ती खेप्न बाध्य भएका छन्। 

स्थानीयवासीका अनुसार हुलाकी सडक योजना अन्तर्गत निर्माण भएको कटहरी चोकको सडक खण्ड विगत दुई वर्षदेखि आधा अधुरा अवस्थामा छाडिएपछि हिलो, धुलो र खाल्डाखुल्डीले गर्दा धेरै सवारीसाधान दुर्घटनामा समेत परिसकेको छ।

उक्त सडक खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सनले काममा चरम बेवास्ता गरेपछि र सम्पर्कमा समेत आउन छाडेपछि आयोजनाले ६ महिनाअघि कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पेटी ठेक्कामा काम गर्न दिएको थियो।