आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दै छ।
समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुने छ। नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ। केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ। भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू-२० र एएफसी यू-२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए। साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए।
साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो। ‘साफ र एएफसी छनोट खेल्नु फरक छ। यसमा भुटान घरेलु मैदानमा खेल्दै छ।