सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन्।
संघीय निजामती सेवा विधेयक, २०८० माथिको राज्य व्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि गत असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन गरेको थियो।
निजामती सेवा विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएको थियो।
त्यसैको छानबिनका लागि समिति बनाइएको थियो।




















