नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ।