आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो।
बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।