इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ।
हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ। हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए।
हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो।




















