नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ।
फाइनल प्रतिस्पर्धामा सुदूर पश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरी नेपाल आर्मी प्रथम भएको हो। सेमिफाईनमा आर्मीले कोशी प्रदेशलाई ६—० र सुदूर पश्चिमले गण्डकीलाई २—१ गोल अन्तरले पराजित गरी फाइनल पुगेका थिए।
भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा एक कार्यक्रम बिच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्नु भएको थियो भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गर्नु भएको थियो। प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनु भयो।
प्रतियोगितामा आठ गोल गर्न सफल सुदूर पश्चिम प्रदेशकी आशीका एस के वेष्ट स्कोरर हुँदा प्लेयर अफ दि टुर्नामेन्टमा नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन्। यस्तै वेस्ट डिफेन्डरमा सुदूर पश्चिम प्रदेशकी पूर्णिमा नेगी भईन भने नेपाल आर्मीकी कुश्मा राना मगर वेस्ट गोल्डकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन् । विधागत उत्कृष्ट भएका खेलाडीहरूलाई ट्रफी प्रदान गरिएको थियो।




















