चीनका विभिन्न सहरहरू खेल पर्यटनका लागि आकर्षित बन्दै गएका छन्। केही महिनाअघि एको ड्र्यागन बोट फेस्टिभलमा १० करोड ६० लाख पर्यटकले अवलोकन गरेपछि चीनमा खेल पर्यटनले गति लिएको हो।
उक्त फेस्टिभलमा राजश्व वृद्धि वार्षिक रूपमा ४.५ प्रतिशतले बढेपछि सरकार समेत उत्साहित देखिएको छ। त्यस्तै पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्चेङ सहरमा, जियाङ्सु फुटबल सिटी लिग प्रतियोगिताले हजारौँ प्रशंसकहरूलाई आकर्षित गरेको थियो।
प्रान्तका प्रत्येक सहरका फुटबल टोलीहरू बीचको प्रतिस्पर्धा एक सांस्कृतिक महोत्सव झैँ बनेको थियो। आयोजकहरूले प्रत्येक खेलको सबै टिकटहरू बिक्री भइसकेको र विज्ञापन राजस्व विगतका वर्षहरू भन्दा राम्रो भएको प्रतिक्रिया दिए। अन्य ठुला प्रतियोगितामा पनि पर्यटकहरूको आकर्षण बढ्दो छ।
यता, मे ३१ देखि जुन २ सम्म चलेको ड्र्यागन बोट फेस्टिभल काउन्टीमा लगभग २,३०,००० पर्यटकहरू आएका थिए। जसमध्ये पर्यटन राजस्व लगभग २ करोड ५० लाख अमेरिकी डलर पुगेको बताए।