इलामको रोङ गाउँपालिका-३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ। 
असार ०८ गते अपराह्न ४ बजे प्रदेश १९०१९००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ बित्छडचिर गाउँपालिका-१ का २६ वर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका-८ की २३ वर्षीय सिर्जना गिरी घाइते भएका थिए घाइते दुवै जनालाई उपचारको लागि B&C अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो।
घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका-९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।