सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथला स्थितमा करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ।
असार ७ गते दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सोलु दुधकुण्ड-७ भित्ता खर्क का ३५ वर्षीय रविन बस्नेतलाई उपचारकोलागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ।