नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो।
यसैबीच, आइतबार चाँदीको मूल्य भने सामान्य बढेको छ। शुक्रवार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।