नेपाल क्रिकेट सङ्घ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको आज (शुक्रवार) बिदाई गरेको छ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरेको हो।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाल क्रिकेट सङ्घ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले विदाइ भएको टिमसँग नेपाली क्रिकेटको भविष्य रहेको भन्दै यसले उत्कृष्ट प्रदर्शन गर्ने बताए।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टिम कोच र टिम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपाली क्रिकेटको भविष्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसाबले प्रदर्शन गर्नेछन् भन्ने आशा छ।’
यसैगरी कोच दिपेन्द्र बहादुर चन्दले उत्कृष्ट प्रदर्शन गर्ने टिम रहेकाले विगतमा झैँ जित हासिल गर्ने बताए।
नेपाली यु–१६ टोली
विपिनप्रसाद शर्मा (कप्तान), सुर्याशुं कोइराला (उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही।