एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ।
भारतीय सहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो। 
किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ।
काठमाडौँबाट किशोरीलाई राम्रो जागिर तथा बिहे गर्ने प्रलोभन देखाएर लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन्।
किशोरीले स्टार मेकर एपमार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवानसँग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन्। 
मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ। रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ।