इलाम र मोरङ जिल्लाको दुई स्थानहरूमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
असार १ गते साँझ इलामको इलाम नगरपालिका-११ स्थितमा बिर्तामोडबाट मङ्गलवारे तर्फ किराना सामान बोकेर जाँदै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ वर्षीय विष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ वर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई-९ जितपुर का २२ वर्षीय आइत बहादुर लिम्बुको BNC अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ।
यसैगरी, असार १ गते राती मोरङको ग्रामथान गाउँपालिका-५ तेतरीया स्थित घिनाघाट सडक खण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाइकल आफै अनिन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार ग्रामथान-४ का २२ वर्षीय सुरज सरदारको उपचारको क्रममा विराट नर्सिङ होम अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय दिवेश सरदार र पछाडि सवार १९ वर्षीय राजु उरावँको सोही अस्पतालमा उपचार भईरहेको छ।