महालक्ष्मी विकास बैंकले ३१ औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, संस्करण ४ बुधवार देखी आरम्भ भएको छ।
हरेक वर्ष झैँ यस वर्ष पनि बैंकको वार्षिकोत्सवको अवसरमा क्रिकेट लिग गर्न लागेको हो। विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू साथै मर्चेन्ट बैङ्कहरूको सहभागिता रहको उक्त क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको छ।
चार दिन सम्म चल्ने लिगमा कुल ३९ खेलहरू र २४० जना खेलाडीहरूको सहभागिता रहने छ। महालक्ष्मी क्रिकेट लिगमा ९ वाणिज्य बैङ्कहरू, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी, र २ मर्चेन्ट बैंकको उत्साहपूर्ण सहभागिता रहने छ।
बैंकले बुधवार आयोजना गरेको समुद्घाटन कार्यक्रममा महालक्ष्मी विकास बैंकको सञ्चालक समितिका अध्यक्षले म्याच अफिसियलहरुलाई बल र ब्याट हस्तान्तरण गरी लिगको आरम्भ गरेका थिए।