भोजपुरको भोजपुर नगरपालिका-९ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका-९ का ४२ वर्षीय आङतेम्बा शेर्पा रहेका छन्। जेठ २० गते अपराह्न ३ बजे शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाइनमा छुन पुगी करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ।