आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ। आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। आइतबार झैँ आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ।




















