पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छिन्। 

कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन्।

जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन्। गायिका चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरेलगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरुलाई उपस्थितिका लागि आव्हान गरेकी छिन्। गायिका एलिना आमासहित पोखरा पुगेकी हुन्।