धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो। 

साम्प्रदायिक सद्भावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए। 

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछी तत्काल पक्राउ गरी कारबावाही गर्न यहाका अगुवाहरुले माग गरेका थिए। 

प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक सञ्जालमा सद्भाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए।

यस विषयमा आवश्क अनुसन्धान गरेर आवश्यक कानुनी कारबाही गरिने उनले जानकारी दिए। धार्मिक सदभाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।