भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते छन्।

आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो।

हेलिकप्टरमा सात जना सवार थिए। तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। मृतकको परिचय पनि खुलेको छैन।