नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानबिनका लागि माग गरे।
उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो भन्दै प्रश्न गरे।
उनले भने,‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा ऊर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरू विभिन्न सञ्चारमाध्यममा आएको छ। के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ? यो विषय अख्तियारमा नि गएको छ। खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ। यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानबिनको लागि माग राख्दछु।’