राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितो पत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन्।
उनले भनिन्, ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो। तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ। आईपिओहरुको निष्कासन गर्नको लागि धितो पत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ। बोर्डले आफूले राम्रोसँग काम गरेको छैन। पुँजी बजारमा हजारौैं नागरिकको पैसा फसेको छ। उनीहरूमाथि अन्याय भएको छ। तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस्।’