सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।
आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो।