बुधबार एकैदिन ७५ सयले घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।
हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।