कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्त्वावधानमा ३ कार्य दिनको “चट्याङ जोखिम न्यूनीकरण तथा उद्धार (प्र.ज. देखि जु.प्र.अ.) अनुशिक्षण तालिम प्रथम समूहको समापन भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको प्रमुख आतिथ्यतामा वैशाख ५ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा उक्त तालिमको समापन भएको हो।
तालिम समापनलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि अधिकारीले तालिमबाट सिकेका ज्ञान र सिपबाट ऊर्जा प्राप्त भएका प्रहरी कर्मचारीहरूले कार्यक्षेत्रमा रहेका अन्य प्रहरी कर्मचारीहरू लगायत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत दिइने सचेतनामूलक कार्यक्रमहरूमा समेत चट्याङ जोखिम न्यूनीकरण सम्बन्धी जानकारीहरू गराई चट्याङबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्नु पर्ने बताउनुभयो।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो। उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी नायव उपरीक्षक सत्यनारायण जैसवाल, विद्युत् प्राबिधिकरणका ई. प्रविन यादव लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो भने उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।