गत चैत्र १५ गते काठमाडौँको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
शुक्रवार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो।
प्रसाईं सहित उनका अंगरक्षक दीपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ। 
राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध सङ्गठित अपराधको कसुर लगाइएको छ।