पथरी शनिश्चरे समाचारदाता

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नं १० को शिविरडाँडामा निर्माण गरिने भएको छ । 

बुधबार  नगरपालिकाले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । 

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा गत फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बाट निर्णय भएको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जानकारी गराउनुभयो । 

सो कार्यका लागि आवश्यक आर्थिक तथा टेन्डर आह्वान प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्वापोले जानकारी दिनुभयो । नगर प्रमुख तुम्वापोले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्य सहित अगाडि बढेको उल्लेख गर्नुभयो । 

पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायतको उपस्थिति रहेको थियो