मोरङ, झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत्र ०२ गते विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धनकुटा शहिदभूमी गाउँपालिका-४ का ३१ वर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-२ का २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिस तामाङ, २० वर्षीय रोहन निरौला, २६ वर्षीय मानव लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैया सहित पक्राउ गरेको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका९४ का अभिषेख साहलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ।